नेभिगेशन
मनोरञ्जन

डिभोर्सपछि अर्का पतिसँगको सन्तान भैसक्यो तैपनि सुमधुर छ रेखा–छवि सम्बन्ध

काठमाडौं– एउटा सार्वजनिक कार्यक्रममा हालै मात्र अभिनेत्री रेखा थापा र फिल्म निर्माता छवि ओझा हात बाँधेर हिँडेको देखियो। 

सुमधुर शैलीमा गफिएर जम्काभेट गरेका उनीहरू एक समयका दम्पत्ती हुन्। 

लामो समय सँगै बसेर डिभोर्स गरे पनि रेखा र छविको सम्बन्धमा दरार कहिले आएन। न रेखाले छविका बिरोधमा कहिल्यै बोलिन् न छविले रेखाका बारेमा। 

तर रेखापछि छविसँग बिहे गरेकी शिल्पा पोखरेलले भने अनेक अभियोग लगाएर डिभोर्स गरिन्। डिभोर्सपछि काठमाडौंमा रहेको चार करोडको घर छविले शिल्पालाई मानापाथीका क्रममा दिए। तर, यसलाई शिल्पाले नकारेर आफ्नै कमाईले किनेको पनि दाबी गरिन्। 

रेखा र छविको मिलन विन्दु कसरी भयो त? 

रेखा र छविको सम्बन्ध नेपाली फिल्म उद्योगमा लामो समयसम्म चर्चाको विषय रह्यो। उनीहरूबीचको सम्बन्धले व्यक्तिगत जीवन र व्यावसायिक दुनियाँ दुवैमा गहिरो प्रभाव पारेको थियो। 

छवि नेपाली फिल्म उद्योगका एक सफल निर्माता हुन् भने रेखा एक चर्चित अभिनेत्री तथा निर्मात्री हुन्। 

उनीहरूले सन् २००१ मा फिल्म “हीरो” मार्फत सहकार्य सुरु गरेका थिए, जसपछि उनीहरूबीचको सम्बन्ध नजिकिँदै गयो।

रेखा र छविले केही समयपछि विवाह गरेका थिए, यद्यपि उनीहरूले विवाहको विवरण लामो समय गोप्य राखे। उनीहरूको वैवाहिक सम्बन्धले रेखाको करियरमा टर्निङ प्वाइन्ट ल्यायो। 

छविको निर्माणमा बनेका फिल्महरू “हिम्मत”, “काली”, “रामप्यारी” आदि रेखाको करियरलाई माथि उठाउन महत्त्वपूर्ण सावित भए। यिनीहरूको जोडीलाई ‘हिट निर्माता–नायिका जोडी’का रूपमा हेर्न थालियो।

तर समयसँगै उनीहरूको सम्बन्धमा दरार आउन थाल्यो। व्यक्तिगत मतभेद, काम गर्ने शैलीको भिन्नता र बढ्दो ईगोका कारण उनीहरूको सम्बन्ध चिसिँदै गएको चर्चा भयो। तर रेखा भन्थिन्,‘छवि मेरो अभिभावक जस्तो लाग्थ्यो। कहिले पनि पति मात्र भन्ने सोच भएन। यसकारण हामी अलग हुने सहमतिमा पुगेका थियौं।’

अन्ततः, सन् २०१२ तिर रेखा र छवि अलग भए। रेखाले छविको ब्यानरबाट अलग भएर आफ्नै प्रोडक्सन हाउस “रेखा फिल्म्स” स्थापना गरिन्।

दुवैले आफ्नो–आफ्नो क्षेत्रमा काम गरिरहे पनि उनीहरूको सम्बन्धको इतिहास आज पनि नेपाली फिल्मको एक चर्चित प्रसंगको रूपमा स्मरण गरिन्छ।

रेखा र छविको सम्बन्धले देखाएको कुरा के हो भने व्यक्तिगत जीवन र व्यावसायिक जीवन सधैं समानान्तर चल्दैन। सफल सहकार्य हुँदा पनि व्यक्तिगत तालमेल नमिलेपछि सम्बन्ध टिक्न सक्दैन भन्ने कुरा यो उदाहरणले स्पष्ट गरे पनि बिना आक्षेप पनि स्वतन्त्र हुन सकिन्छ। भन्ने उदाहरण हो। 

अहिले रेखा आफ्ना अर्का पतिको सन्तानकी आमा छिन् भने छवि एउटा निर्माताका रुपमा अहिले पनि सक्रिय छन्। स्मरणीय होस्, छवि तिनै निर्माता हुन् जसले राजेश हमालको पर्दापणमा उल्लेखनीय भूमिका खेलेको फिल्म थियो, ‘‘युगदेखि युगसम्म।’’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन