नेभिगेशन
खेलकुद

सिंगापुरविरुद्ध नेपाल पहिलो हाफमा १-० ले अगाडी

काठमाडौँ - नेपालले सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफमा १-० गोलको अग्रता लिएको छ ।

नेपालले खेलको १२औं मिनेटमा जिलेस्पी जंग कार्कीको गोलमा अग्रता लिएको थियो ।

सिंगापुर फिफा वरियतामा १६०औ स्थानमा रहेको छ भने नेपाल १७५औ स्थानमा रहेको छ । 

नेपालले यो खेलपछि मलेसियासँग एएफसी एशियन कपको छनोट खेल खेल्नेछ । एक वर्षको कार्यकालका लागि प्रशिक्षकमा नियुक्त भएका रसको यो पहिलो खेल रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद