नेभिगेशन
समाज विविध

लाजिम्पाटमा बिजुलीको पोलमा आगलागी

काठमाडौँ- लाजिम्पाटमा बिजुलीको पोलमा आगलागी भएको छ ।

लाजिम्पाटस्थित सडक छेउको बिजुलीको पोलमा बुधबार दिउँसो आगलागी भएको हो । आगलागी हुँदा केहीबेर सवारी आवागमन समेत अवरुद्ध भएको थियो ।

अहिले भने आगो नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

पोलका तारहरू सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध