नेभिगेशन
समाज विविध

काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षा शनिबार हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीको प्रवेश परीक्षा निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन केन्द्राध्यक्षहरूलाई अभिमुखीकरण प्रदान गरेको छ ।

महानगरले तीन वर्षदेखि सञ्चालित छात्रवृत्ति कार्यक्रम मार्फत आर्थिक रूपमा कमजोर तर शैक्षिक रूपमा सक्षम विद्यार्थीलाई अवसर प्रदान गर्दै आएको छ ।

यस वर्षको प्रवेश परीक्षाका लागि देशभरिका ७७ जिल्लाबाट प्राप्त १७ हजार २ सय २९ आवेदनमध्ये १६ हजार १ सय ३७ विद्यार्थी छनोट भएका छन् । छनोट भएका विद्यार्थीमा विज्ञान संकायका लागि ११ हजार ५ सय ९०, व्यवस्थापनका लागि ४ हजार १ सय ६४, मानविकीका लागि ३२, शिक्षाका लागि ९५ र कानुन संकायका लागि २ सय ५६ जना समावेश छन् ।

छात्रवृत्ति प्रवेश परीक्षा भोलि शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ । परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ, जसमा अनिवार्य गणित, विज्ञान र अंग्रेजीबाट ३०/३० र सामान्य ज्ञानबाट १० गरी कुल १ सय बहुवैकल्पिक प्रश्न सोधिनेछन् ।

उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अंक आवश्यक छ र गलत उत्तरका लागि नकारात्मक अंकन गरिने छैन । छनोट भएका विद्यार्थीले १ साउनदेखि महानगरको आधिकारिक वेबसाइट मार्फत प्रवेश पत्र डाउनलोड गर्न सक्ने छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

नेपालमा टेलिग्राम एप बन्द