नेभिगेशन
सुरक्षा–अपराध

नेपाल प्रहरीले भोली पाउनेछ ३१औं आईजी

काठमाडौं– नेपाल प्रहरीले सोमबार ३१औं महानिरिक्षक (आईजी) पाउने भएको छ।

मन्त्रिपरिषदको निर्णयले प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) दीपक थापा, सुदिप गिरी र टेकबहादुर तामाङ मध्य एक जनालाई आईजी नियुक्त गर्नेछ। 

यो दौडमा थापा अन्य दुईभन्दा केही सिनियर हुन्। तर, उनीहरू इन्स्पेक्टरका ब्याची पनि हुन्। बढुवाका क्रममा गिरी र तामाङअघि प्रहरी नायव महानिरिक्षक (डीआईजी) र एआईजीमा थापा अगाडि थिए। 

सोमबार राती आईजी बसन्तबहादुर कुँवरको ३० बर्षे सेवा अवधि सकिनेछ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

रेशम चौधरी पक्राउ

सीआईबी चिफ!