नेभिगेशन
विश्व

दक्षिण अफ्रिकाका राजदूत अमेरिकाबाट देश निकाला, ट्रम्पले दिए यस्तो कारण 

काठमाडौं– दक्षिण अफ्रिकालाई दिँदै आएको सहयोग रोकेको अमेरिकाले त्यहाँका राजदूत इब्राहिम रसूललाई देश निकालका गरेको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यसबारे जानकारी दिँदै दक्षिण अफ्रिकी राजदूतमाथि अमेरिका र डोनाल्ड ट्रम्पप्रति ‘घृणा’ फैलाइरहेको आरोप लगाएका छन्।

‘दक्षिण अफ्रिकाका राजदूतलाई अब हाम्रो महान देश अमेरिकामा स्वागत छैन। इब्राहिम रसूल जातिवादी राजनीतिज्ञ हुन्, जसले अमेरिका र अमेरिकाका

राष्ट्रपतिलाई घृणा गर्छन्’, विदेशमन्त्रीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘अब उनीसँग कुनै कुरा गर्ने छैनौं, त्यसैले उनलाई अस्वीकार्य व्यक्ति मानिएको छ।’

अमेरिका र दक्षिण अफ्रिकाबीच बढ्दो तनावबीच अमेरिकाले यो कदम चालेको हो। अफ्रिकाको एक कानुनी व्यवस्थाअनुसार श्वेत किसानहरूको जमिन जफत गर्न सकिने उल्लेख गर्दै ट्रम्पले दक्षिण अफ्रिकालाई दिंदै आएको सहायता रोक्ने निर्णय गरेका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

अमेरिकी अर्थतन्त्रमा गिरावट