नेभिगेशन
राजनीति

ओली सरकारलाई नागरिक बचाऊ महाअभियानले दिएको यस्तो चेतावनी (विज्ञप्तिसहित)

काठमाडौं– अन्तिम राजा ज्ञानेन्द्र शाहको स्वागतका निम्ति आगामी २५ फागुनको तय भएको कार्यक्रममा सरकारले हस्तक्षेप गर्न लागेको भन्दै राष्ट्र, राष्ट्रियता र नागरिक बचाऊ महाअभियानले विज्ञप्ति जारी गरेको छ। 

ज्ञानेन्द्रलाई विमानस्थलबाट काठमाडौंमा स्वागत गरी प्रदर्शनको पूर्वतयारी भइरहेका बेला दुगौ प्रसाईं, बरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ र स्वागत नेपाललगायतलाई पक्राउको तयारी रहेको सूचना प्राप्त भएको विज्ञप्तिमा जनाइएको छ। 

सरकारले यस्तो काम गरेको खण्डमा हुन सक्ने सम्भावित अवस्थाको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीसहितले लिनुपर्ने जारी विज्ञप्तिमा भनिएको छ।
482423265_1829298337820168_2586726837012365345_n-1741242420.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति