नेभिगेशन
समाज विविध

कञ्चनपुरस्थित स्कुलको कक्षा कोठामा चौकीदारको शव

काठमाडौं– कञ्चनपुर जिल्लामा रहेको एउटा स्कुलको कक्षा कोठामा बृद्ध चौकीदारको शव फेला परेको छ। 

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाको असिग्राम माध्यमिक विद्यालय (स्कुल)मा शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका ७५ वर्षीय चिमड्या सोतीको शव फेला परेको हो। 

प्रहरीका अनुसार सोती सोही स्कुलका चौकीदार हुन्। बिहीबार बिहान कक्षा कोठामा झुण्डिएको अवस्थामा उनको शव फेला परेको हो। 

घटनास्थलममा इलाका प्रहरी कार्यालय झलारीको टोली पुगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध

रविविरुद्धको पेसी स्थगित