नेभिगेशन
राजनीति

ज्ञानेन्द्र शाह सन्देशको तरङ्गः जुर्मुरायो राजावादी शक्ति, शिव सेना प्रमुखसँग धवलको भेट

काठमाडौं– प्रजातन्त्र दिवसको अवसर पारेर अन्तिम राजा ज्ञानेन्द्र शाहले दिएको बक्तव्यका कारण राजावादी शक्ति जुर्मुराएको छ। 

विभक्त रहेर हिन्दूत्व र राजसंस्था पुनःस्थापनाको आन्दोलनमा रहेका शक्तिबीच संवाद र सहकार्यको गति बढेको छ। 

यहि मेसोमा शिव सेना नेपालका प्रमुख अनिल बस्नेत बाबा र राप्रपा महामन्त्री धवल शमशेर राणाबीच पोखरामा भेट भएको छ। 

‘संघ, संगठन, पार्टीभन्दा माथि उठी हामी नेपाली जनताले श्री ५ महाराजा धिराज सरकारको सन्देशलाई हृदयदेखि आत्मसाथ गर्दै राष्ट्र बचाउने अभियानमा सत्ता र सरकार  भन्दा देशभक्ति भावना सहित एकजुट भई अगाडि बढ्नु पर्दछ’ भेटपछि शिव सेना नेपाल सचिवालयले भनेको छ।

उसले अगाडि थपेको छ,‘अन्यथा इतिहासले हामीहरू सबैलाई आउने समयमा सबैभन्दा कलंकित पात्रको रूपमा चिन्ने छन्। शिवसेना नेपाल प्रमुख श्री अनिल बाबा र राप्रपा महामन्त्री श्री धवल शमशेर राणा बीच  पोखरामा भेटवार्तामा यहि कुरा भएको छ।’

अब देशमा विदेशीले रोपेको गणतन्त्रको काम नभएको शिव सेना नेपालका प्रमुख बस्नेतले क्यानडानेपाललाई बताए। उनले भने,‘हाम्रो माटोले राजाबाहेक अरु चिन्दैन। विदेशीको प्रयोग अब निस्तेज हुनेछ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति