नेभिगेशन
राजनीति

निजामती सेवा विधेयकप्रति एमाले निकट कर्मचारी संगठनको आपत्ति

काठमाडौँ- नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले संघीय निजामती सेवा विधेयकमाथि गम्भीर आपत्ति जनाएको छ ।

संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित हुने अन्तिम चरणमा पुगेको बेला संगठनले आपत्ति जनाएको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिबाट दफाबार छलफलपछि प्रतिनिधि सभामा प्रतिवेदन पेश भइसकेको अवस्थामा संगठनले आफ्ना महत्वपूर्ण माग विधेयकमा नसमेटिएको भन्दै तत्काल समावेश गरेर विधेयक पारित गर्न बुधबार प्रेस विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको हो ।

संगठनले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीको हकहित सुनिश्चित गर्नुपर्ने भन्दै ८ प्रमुख बुँदागत माग अघि सारेको छ ।

यी माग नसमेटिएको अवस्थामा विधेयक पारित भएपछि व्यापक असन्तुष्टि चुलिन सक्ने संगठनको चेतावनी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति