नेभिगेशन
मनोरञ्जन

उच्च अदालत पाटनको लाज शरणम् आदेशः व्यङ्ग्यमाथि प्रतिव्यङ्ग्य, माग्ने बुढा नि बोले

काठमाडौं– उच्च अदालत पाटनको एउटा आदेशले अहिले कलाकारिता जगत हल्लिएको छ।

त्यो आदेशले न्यायालयलाई पनि लाज शरणम् नबनाउला भन्न सकिन्न।

कुरो लाज शरणमकै हो। 

उच्च अदालत पाटनले लाज शरणमको सेन्सरसीप नभएसम्म प्रचारमा रोक लगाएपछि हाँस्य विधाका कलाकारले झटारो हानिरहेका छन्।

निर्माता तथा कलाकार दीपकराज गिरीले प्रजातन्त्र दिवसको अवसर पारेर अर्को व्यङ्ग्यात्मक टिप्पणी गरेका थिए। 

सामाजिक सञ्जालमा बुधबार उनले लाज शरणम् नामको फिल्म प्रचारमा रोक लगाएको विषयलाई संकेत गर्दै भनेका थिए,‘सृजनामा लागेका कलाकर्मीबाहेक सबैलाई प्रजातन्त्र दिवसको शुभकामना। जस्ले जे बोल्दा छुट हुने देशमा कलाकर्मीहरू लाइ त सेन्सरशिप जो छ।’

मंगलबार उच्च अदालत पाटनले लाज शरणमलाई सेन्सर नभएसम्म प्रचारमा रोक लगाएको थियो।

अब यो व्यङ्ग्यमा थपिएका छन्, केदार घिमिरे (माग्ने बुढा) पनि। 

उनले पनि संकेत गर्दै लेखेका छन्,‘क्यारिकेचर गर्ने पेशा पनि अब ‘लोपोन्मुख पेशा’ होला जस्तो छ। नमिले फ्लप। मिले लफडा।’

हेर्नुहोस् माग्ने बुढाको स्ट्याटस।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय