पहिला चक्कु देखाए अनि घरमा लगेर बलात्कार गरे, धनगढीमा १४ बर्षिया किशोरी प्रताडित
धनगढी– एक जना १८ बर्षिया किशोरले १४ बर्षिया किशोरीलाई स्कुलबाट फर्किने क्रममा डर त्रास देखाई घरमा लगी बलात्कार गरेको रहस्योद्घाटन भएको छ।
बाजुुराबाट अध्ययनका लागि धनगढी आएकी १४ वर्षीया किशोरीमाथि बलात्कार भएको प्रहरीले जनाएको छ। शनिबार किशोरी प्रहरीकहाँ पुगेपछि यो रहस्य खुलेको हो।
धनगढीमा बसेर कक्षा ७ मा अध्ययन गर्दै आएकी किशोरीमाथि गत बिहीबार साँझ जबरजस्ती करणीमा परेकी हुन्।
प्रहरीका अनुुसार स्कुलबाट घर फर्किने क्रममा सडकमा रोकेर युवकले चक्कु देखाउँदै आफूसँग नहिँडे मारिदिने धम्की दिएका थिए। त्यसपछि उनी धनगढीकै १८ वर्षीय युवकसँगै उनको घर पुगेकी थिइन्।
किशोरीमाथि घरमै जबरजस्तीकरणी गरेर युवक भागेको प्रारम्भिक जानकारी प्रहरीले राखेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शनिबार साँझ मात्र किटानी जाहेरी प्राप्त भएको हो।
किशोरीलाई चक्कु देखाउँदै डर, त्रासमा पारेर घरमै लगेर जबरजस्तीकरण गर्ने युवकको खोजी भइरहेको प्रहरीले जनाएको छ।