नेभिगेशन
खेलकुद

पुजा महतो बनिन् महिला टी-२०आई शृंखलाको उत्कृष्ट नेपाली खेलाडी

काठमाडौं - नेपाली क्रिकेट टिमकी अलराउण्डर पुजा महतो काठमाडौंमा सम्पन्न महिला टी-२०आई शृंखलाको उत्कृष्ट नेपाली खेलाडी घोषित भएकी छन् ।

प्रतियोगितामान जितविहीन रहेपनि नेपालका लागि अलराउण्ड प्रदर्शन गरेकी पुजाले उत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै स्कुटर जितेकी हुन् । उनले प्रतियोगिताभर ६ खेलमा एक अर्धशतकसहित १३४ रन बनाइन्‌ भने ३ विकेट पनि लिइन्।

प्रतियोगिताको उत्कृष्ट खेलाडी भने थाइल्याण्डकी थिपाथ्चा पुथावोङ घोषित भइन् ।  यस शृंखलाको उपाधि थाइल्याण्डले‌ जितेको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

आज नेपालले श्रीलंकासँग खेल्दै