Nic Ad Nic Ad
Nic Ad Nic Ad

रविलाई संगठीत अपराधमा मुद्दा नचलाएको भन्दै चितवनका सरकारी वकिल सरुवाको अर्थ

बुधबार, माघ २३, २०८१

काठमाडौं– महान्यायाधीवक्ता रमेश बडालले चितवनका सरकारी वकिल शान्तिप्रसाद लुईँटेलको रातारात काज सरुवा गरेपछि सत्ता रवि लामिछानेविरुद्ध ‘नियोजित’ रुपमा लागेको चर्चा सुरु भएको छ।

samridhi jewllers

यद्यपि महान्यायाधीवक्ताको कार्यालयले लुईँटेलको एक बर्ष पुग्न लागेका कारण सरुवा गरेको भन्ने सतही प्रतिक्रिया दिए पनि मंगलबार सहकारी ठगीमा मात्र रास्वपा सभापति रवि लामिछानेलाई मुद्दा चलाइएको छ। 

एक पूर्वमहान्यायाधीवक्ता भन्छन्,‘यो संयोग भए पनि नियोजित जस्तो देखियो। यसरी देखाएर सत्ता लागि परेको भन्न सकिने अवस्था छ।’

चितवन जिल्ला लामिछानेको निर्वाचन क्षेत्र समेत रहेको र समर्थक धेरै रहेका कारण संगठीत अपराधमा मुद्दा चलाउँदा अप्ठ्यारो पर्न सक्ने भएकाले लुईँटेलले जोखिम नलिएको समेत हुन सक्ने ति पूर्वमहान्यायाधीवक्ता बताउँछन्।

लामिछानेसहित थप १५ जनाविरुद्ध पूरक अनुसन्धान गरी मुद्दा दायर गरिएको थियो। 

जिल्ला सरकारी वकिल कार्यालयले साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम हिनामिनासम्बन्धी मुद्दामा मंगलबार लामिछानेविरुद्ध सहकारी ठगीको कसुरमा मात्रै मुद्दा दर्ता गरेको थियो। 

रविविरुद्ध जसरी पनि सहकारी ठगीसँगै संगठित अपराध मुद्दा चलाउन लुईंटेलमाथि दबाब थियो भन्ने चर्चामा थियो।

लुईँटेल रास्वपा समेत सामेल भएको तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारका पालामा चितवनका न्यायाधिवक्ता बनेर पुगेका थिए।
 

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  ०९:२८
प्रतिक्रिया दिनुहोस्