नेभिगेशन
खेलकुद

अपराजित एपिएफ महिला लिगको च्याम्पियन

काठमाडौं - एपिएफ क्लब अपराजित रहँदै राष्ट्रिय महिला लिग २०२४–२५ को च्याम्पियन भएको छ ।फाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबमाथि ४–० ले हराउँदै एपिएफलगातार च्याम्पियन भयो । एपीएफ २०६८ देखि लगातार च्याम्पियन हुँदै आएको छ । 

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा एपिएफलाई च्याम्पियन बनाउन सवीता रानामगरले दुई तथा मिडफिल्डर सरु लिम्बू अनु लामाले एक गोल गरिन् । अनुको घरेलु लिगमा अन्तिम गोल हो । यो सङ्गै उनले घरेलु लिगबाट पनि बधाई लिएकी छिन्।

सबै गोल दोस्रो हाफमा सम्भव भएका हुन् । पुलिसले बलियो रक्षापंक्ति बनाएपछि एपिएफले दोस्रो हाफमा गोल निकाल्यो ।

लिगको पहिलो खेलमा पुलिससँग गोलरहित बराबरी खेलेको एपिएफ त्यसपछिका १८ खेलमा शतप्रतिशत जित निकाल्दै च्याम्पियन बनेको हो । पुलिसविरुद्ध एपिएफको यो लगातार तेस्रो जित हो । 

दोस्रो चरणका दुबै लेगमा एपिएफले पुलिसलाई हराएको थियो । पहिलो लेगमा ६–० को लज्जास्पद हार बेहोरेको पुुलिस दोस्रो लेगमा २–० ले पराजित भएको थियो ।

पहिलो हाफमा एपिएफले कुनै पनि राम्रो अवसर सृजना गर्न सकेन  । दोस्रो हाफमा एकपछि अर्को आक्रमण बुनेको एपिएफले खेलको ६४औं मिनेटमा गोल गर्यो । सरु लिम्बूले राइट साइडबाट सरुले दिएको क्रसलाई सवीताले वान टचमा गोल गरिन् । 

पाँच मिनेटपछि सरुको गोलमार्फत एपिएफले दुई गोलको अग्रता लियो । मिडफिल्डर रेनुका नगरकोटेको हेडर पोलमा लागेर फर्किएपछि प्राप्त रिबाउन्डको फाइदा सरुले उठाएकी हुन् । सरुको प्रहारले दोस्रो बारको जाली चुमेको थियो । निर्धारित समय सकिन सात मिनेट बाँकी छँदा प्रीतिको थ्रु पासमा सवीताले अर्को गोल थपिन् । पुलिसका खेलाडीले गल्ती गरेपछि अनुले इन्जुरी समयमा खाली पोष्टमा गोल गरिन् । 

उपाधिसँगै एपिएफले १० र उपविजेता एपिएफले ५ लाख पाएको छ । आर्मी तेस्रो भयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

आज नेपालले श्रीलंकासँग खेल्दै