नेभिगेशन
खेलकुद

एनएसएलको तयारी तिब्र, २ शहरमा हुँदै खेल

काठमाडौ - नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा २०७८ मा सुरु भएको नेपाल सुपर लिगले हालसम्म दुई सिजन सम्पन्न गरेको छ।

एनएसएललाई नेपाली फुटबलको सबैभन्दा पहिलो र ठूलो फ्रेन्जाइज लिगको रुपमा लिने गरिन्छ । पहिलो सिजनमा काठमाडौँ रेजर्सले धनगढी फुटबल क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो।

दोस्रो सिजन २०८० मा ललितपुर सिटी फुटबल क्लबले धनगढी फुटबल क्लबलाई ३–२ गोल अन्तरले हराउँदै उपाधि जितेको थियो।

एनएसएल जस्तो प्रतियोगिताले नेपाली खेलाडीहरुलाई राष्ट्रिय टिम सम्मको ढोका खोलिदिने गर्छ । यस प्रतियोगितामा राम्रो खेल्न खेलाडीहरुले राष्ट्रिय टिममा स्थान पाउँने गर्छन् । पहिलो संस्करणको एनएसएल प्रतियोगितालाई आधार बनाएर पूर्व प्रशिक्षक अबदुल्ला अलमुताइरीले पहिलो टिम तयार पारेका थिए । 

नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजन आगामी चैत १६ गतेदेखि सुरु हुने भएको छ। एन्फाले फुटबल गतिविधिमा चासो नदिइरहेको अवस्थामा एनएसएलको आयोजनाले खेलाडीहरूमा उत्साह थपेको छ।
एनएसएलका लागि आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)ले तयारीलाई तीव्र बनाएको छ। यसपटकको एनएसएल काठमाडौं र पोखरा गरी दुई शहरमा आयोजना हुने छ। प्रतियोगिता काठमाडौंमा सुरु भई प्लेअफ अगाडीका करिब ८–१२ खेल पोखरामा खेलाइनेछ।

यस सिजनमा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् भने प्रतियोगिता ४ देखि ५ हप्तासम्म सञ्चालन हुने अपेक्षा गरिएको छ। पहिलो संस्करणमा ७ टिमले खेलेको प्रतियोगिता दोस्रो संस्करणमा भने झापा फुटबल क्लब, स्पोर्टिङ इलाम दे मेची फुटबल क्लब इलाम र वीरगञ्ज युनाइटेड फुटबल क्लबलाई थप्दै ९ दिम बनाइएको थियो ।

खेलाडीको वर्गीकरण नियम
खेलाडीलाई यस पटक "मार्की प्लेयर," "विदेशी खेलाडी," "आइकनिक प्लेयर," "रुकी," र अन्य घरेलु श्रेणीमा विभाजन गरिएको छ। प्रत्येक टिमले २२–२४ खेलाडी समावेश गर्नुपर्नेछ।

टिमले कम्तीमा यसअघी खेलेका २ देखि ४ खेलाडीलाई सुरक्षित गर्नुपर्ने नियम छ। रिटेन्सनका लागि फागुन ९ गतेसम्मको समयसीमा तोकिएको छ।

प्रत्येक टिमले आफ्ना लागि मार्की खेलाडी छनौट गर्नुपर्ने हुन्छ । मार्की खेलाडीको छनौट व्यक्तिगत प्रदर्शन र समर्थकहरुमा रहेको क्रेजले निर्धारण गर्नेछ । मार्की खेलाडी छनौट गर्नु अगाडी टिमले आयोजकसँग अनुमति लिनुपर्ने छ । 

आयोनिक खेलाडी हालसालै अन्तराष्ट्रिय खेलहरु खेलेको चर्चित खेलाडी हुनुपर्नेछ । 

यस्तै, एक्सनमा टिमहरुले क्याटेगोरी ए, बि र सि गरेर खेलाडीहरु छनौट गर्नुपर्ने हुन्छ । क्याटेगोरी ए मा नेपाली राष्ट्रिय टिमबाट राम्रो पदर्शन गर्ने ८, ९ जना खेलाडी हुनेछन् । क्याटेगोरी ए बाट एउटा टिमले २ देखि ३ खेलाडी अनुबन्धित गर्न पाउँनेछन् । 

यस्तै, क्याटेगोरी बि मा नेपाली घरेलु फुटबल र गत सिजनको एनएसएलमा राम्रो खेलेका खेलाडीलाई समावेश गरिनेछ । १४,१५ जना खेलाडीहरुबाट एउटा टिमले ६ जना खेलाडी आफ्नो टिममा अनुबन्धित गर्नुपर्ने हुन्छ ।

क्याटेगोरी सि मा भने नेपाली घरेलु फुटबल खेलिरहेका सम्भावना भएका खेलाडीहरुलाई समावेश गरिनेछ । १८,१९ जना खेलाडिहरुबाट एउटा टिमले १८, १९ जना खेलाडी आफ्नो टिममा समावेश गर्नुपर्ने हुन्छ । 

क्याटेगोरी ए मा रहेका खेलाडीहरुको मूल्य २ लाख देखि ४ लाख सम्म हुनेछ । यस्तै, क्याटेगोरी बि मा रहेका खेलाडीहरुको १ लाख ५० हजार देखि २ लाख रहेको छ भने क्याटेगिरी सि मा रहेको खेलाडीको १ लाख देखि १ लाख ५० हजार सम्म रहेको छ । 

विदेशी खेलाडीको हकमा टिमले सोझै खेलाडीसँग सम्झौता गर्न सक्नेछ । टिममा ५ जना खेलाडी हुदाँ १ जना एसियन खेलाडी हुनुपर्ने अनिवार्य रहेको छ । 

यस्तै, एक्सनपछि टिमले क्याटेगोरी डि अनुसार १ वा २ खेलाडिलाई टिममा समावेश गर्नुपर्ने हुन्छ । यसमा, ए-डिभिजन लिगमा अहिलेसम्म दर्ता नभएका खेलाडी हुनुपर्ने छ । 

यस्तै, रुकी क्याटेगोरी अनुसार अहिलेसम्म घरेलु लिगमा दर्ता नभएका २३ वर्ष मुनिका १ वा २ जान खेलाडीलाई टिमले टोलीमा समावेश गर्न सक्नेछ । 

यस्तै, एनआरएनबाट पनि चाहेको खण्डमा टिमले १ जना खेलाडी आफ्नो टिममा राख्न सक्नेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

आज नेपालले श्रीलंकासँग खेल्दै