नेभिगेशन
राजनीति

रित्तो गाग्रीसहित आएका धरानका मेयर साम्पाङलाई मन्त्री प्रदीप यादवले कस्तो आश्वासन दिए?

काठमाडौं– रित्तो गाग्रीसहित धरान उपमहानगरपालिकाको खानेपानीको समस्या लिएर सिंहदरबार छिरेका मेयर हर्क साम्पाङसित खानेपानीमन्त्री प्रदीप यादवको भेट भएको छ। 

यादवको सचिवालयका अनुसार धरानमा  खानेपानीको समस्या चाँडै समाधान हुने  आश्वासन दिएका छन्।

धरानमा खानेपानीको लागि  यही वर्ष टेण्डर निस्कने आश्वासन दिँदै खुसी भएर  धरान फर्कन भनेका थिए। 

मन्त्री यादवले आफू धरानवासीप्रति सधैँ सकारात्मक रहेको बताउँदै खानेपानीको समस्या समाधानका लागि एकीकृत खानेपानी आयोजना अन्तर्गत एसियाली विकास बैंक को ऋण सहयोगमा यस वर्षभित्र खानेपानी सम्बन्धी टेण्डर आह्वान गर्ने प्रतिबद्धता व्यक्त गरेको सचिवालयले जनाएको छ।

harka-1737440207.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति