नेभिगेशन
समाज विविध

अध्यक्षलगायतका पदाधिकारी चौतारीमा छिरेपछि समाजवादी प्रेस संगठन भयो विघटन

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संस्था रहेको समाजवादी प्रेस संगठन नेपालका अध्यक्षसहितका पदाधिकारी एमाले समर्थित प्रेस चौतारी नेपालमा प्रवेश गरेपछि विघटन भएको छ।

समाजवादी प्रेसका अध्यक्ष विश्वमणि सुवेदीसँगै संगठनका उपाध्यक्ष सविन शर्मा, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशिष गुरागाईं, सौगात मिश्र, नरेन्द्र विष्ट पनि प्रेस चौतारीमा प्रवेश गरेका छन्।

एमाले महासचिव शंकर पोखरेलले उनीहरुलाई स्वागत गरेका थिए। सो क्रममा प्रचार विभाग प्रमुख रहेका राजेन्द्र गौतम र चौतारीका अध्यक्ष गणेश बस्नेतले स्वागत गरेका थिए। 

अध्यक्ष सुवेदीले प्रेस चौतारीमा केन्द्रीय सदस्य, कोषाध्यक्ष र उपाध्यक्षको जिम्मेवारी बहन गरिसकेका छन्। २०५० सालमा छलफल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका उनले २०५५ सालदेखि गत साउन महिनासम्म जनआस्था साप्ताहिकका विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

भारतीय दूतावास अगाडि प्रदर्शन

देशका अधिकांश भागको मौसम सफा रहने