Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारमा सहभागी मन्त्रीका कुरा सुनिरहेका कांग्रेस सभापति देउवा, साथमा छन् गगन थापा

बिहीबार, माघ ३, २०८१
samridhi jewllers

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा रहेका आफ्ना मन्त्रीहरूसँग ब्रिफिङ सुनिरहेका छन्।

२ राज्यसहित १२ मन्त्रालय सम्हालिरहेका कांग्रेसका मन्त्रीहरूले सरकारमा रहेका बेला मन्त्रालयगत कामको प्रभावकारिताका विषयमा सुनाएका थिए। 

सभापति देउवाले मन्त्रीका कुरा सुनिरहेका बेला महामन्त्री गगन थापा पनि सहभागी रहेका छन्। थापाबाहेक कृष्ण सिटौला र अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि मन्त्रीका प्रगतिका विषय सुनिरहेका छन्।
 

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  ११:११
प्रतिक्रिया दिनुहोस्