नेभिगेशन
राजनीति

काँग्रेसमा अनुशासन समितिको निर्णयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन माग

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरूले अनुशासन समितिले गरेको निर्णयबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका छन् ।

केन्द्रीय सदस्यहरू मधु आचार्य, प्रतिमा गौतम, प्रकाश स्नेही रसाइली र अजयबाबु सिवाकोटीले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति बैठक बोलाएर छलफल गर्न माग गरेका हुन् ।

उनीहरूले केन्द्रीय समितिको बैठक बसेको समयमा अनुशासन समितिको निर्णय प्रस्तुत नगरी छलेर कारबाही गरिएको भन्दै आपत्ति जनाएका छन् ।

 

पार्टीले गठबन्धन नगर्ने महासमिति र केन्द्रीय समितिबाट निर्णय भइसकेको अवस्थामा गठबन्धनकै विषयलाई लिएर अहिले अनुशासनको डण्डा चलाइनु खोटपूर्ण रहेको उनीहरूको भनाइ छ ।

काठमाडौँमा यही असार १६ देखि २३ गतेसम्म काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बसेको थियो।  

केन्द्रीय समितिको बैठकमा अनुशासन समितिको निर्णय प्रस्तुत नगरी रिपोर्टिङ मात्रै गरेर कारबाही गरिएको प्रेस विज्ञप्ती जारी हुनुलाई पारदर्शी विधि मान्न नसकिने चारै केन्द्रीय सदस्यहरूको निष्कर्ष छ। यसलाई उनीहरूले केन्द्रीय समिति छलेर कारबाही गरिएको भनेका छन्।

आनन्द ढुंगाना नेतृत्वको केन्द्रीय अनुशासन समितिले असार ९ देखि १७ गतेसम्मको बैठकबाट २०७९ को तीनै तहको चुनावमा पार्टीका आधिकारिक तथा समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेको भन्दै १८ जनालाई बढीमा एक वर्ष पार्टीबाट निष्कासन र २६ जना नेता कार्यकर्तालाई सचेत गराएको थियो।

कारबाहीमा परेका अधिकांश सस्थापनइतर नेता कार्यकर्ता थिए। कारबाहीमा परेकाले पुनरावेदनका लागि पार्टीमा ३५ दिनभित्र निवेदन दिन पाउँछन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति