नेभिगेशन
खेलकुद

बेटिसविरुद्ध ५ गोल गर्दै बार्सिलोना क्वार्टरफाइनलमा

काठमाडौं - बार्सिलोना स्पेनिस कोपा डेला रे कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। बार्सिलोनाले बुधबार राति भएको खेलमा रियल बेटिसलाई ५-१ ले हराउँदै क्वार्टरफाइनल यात्रा पक्का गरेको हो। गएराति भएको बेटिससँगको खेलको तेस्रो मिनेटमा जाभीको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो। १७ वर्षीय लामिन यामलको सहयोगमा २८ औँ मिनेटमा जुलेस कोन्डेले दोस्रो गोल गरे।

मध्यान्तरपछि राफिन्हा, फेरान टोरेस र यामलले बार्सिलोनाका लागि गोल गरे। बेटिसका लागि ८५ औं मिनेटमा भिक्टर रोक्युले पेनाल्टीमार्फत गोल गरे।

बार्सिलोनाले लगातार दोस्रो खेलमा ५ गोल गरेको हो। यसअघि स्पेनिस सुपर कपको उपाधि जित्ने क्रममा बार्सिलोनाले रियल म्याड्रिडलाई ५-२ ले हराएको थियो।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद