नेभिगेशन
खेलकुद

जय ट्रफीको फाइनल आजदेखि, आर्मी र पुलिस भिड्दै

काठमाडौँ - जारी जय ट्रफी एलिट कप बहुदिवासिय प्रतियोगिताको फाइनलमा आजदेखि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्दै छन् ।

बीरगंजमा हुने यो खेल नेपाली समय अनुसार बिहान साँढे ९ बजेदेखि शुरु हुने छ । यस अघि लिग चरणका खेल दुई दिन खेलिएको थियो भने फाइनल खेल तीन दिवसीय हुने क्यानले जनाएको छ ।

लिग चरणमा नेपाल पुलिस क्लब ६६ अंकसहित शिर्ष स्थानमा र त्रिभुवन आर्मी क्लब ५५ अंकसहित दोस्रो स्थानमा रहेर फाइनलमा पुगेका थिए । 

त्यसैगरी बागमती प्रदेश र मधेश प्रदेश भने तेस्रो र चौथो हुदै फाइनलमा पुग्न असफल भएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप खेलकुद

स्पेन महिला युरो कपको फाइनलमा