Nic Ad Nic Ad
Nic Ad Nic Ad

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

बुधबार, पुस १०, २०८१

घोराही- दाङमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् ।

samridhi jewllers

आज दिउँसो १ः५० बजेको समयमा गढवा गाउँपालिका–५ कक्रहवास्थित गढवा कोइलाबास सडकखण्डमा भैसहवादेखि कोइलाबासतर्फ जाँदै गरेको रा१ह ५९०४ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा राजपुर गाउँपालिका–३ भैसहवा निवासी वर्ष ५० का तुलाराम विकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिए।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिउँसो ३ः३० बजे उपचारका क्रममा उनको मृत्यु भएको हो । उक्त दुर्घटनामा घाइते भएका सोही ठाउँका अन्दाजी ४० वर्षीय वसन्ती विकको लमही अस्पतालमा र राजपुर–४ का अन्दाजी वर्ष ३६ का प्रेमचन्द्र यादवको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

अटो चालक राजपुर गाउँपालिका–तीन भैसहवा निवासी वर्ष ४० का मदन विक प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १८:१६
प्रतिक्रिया दिनुहोस्