नेभिगेशन
समाज विविध

पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

काठमाडौँ- पृथ्वी राजमार्ग अन्तर्गत धादिङको शितलबजार र मलेखुको बीच क्षेत्रमा सुक्खा पहिरो खसेर अवरुद्ध भएको राजमार्ग एकतर्फी खुलेको छ ।

टिपटप होटेल नजिकै आज साँझ ५ बजेतिर पहिरो खसेर राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय धादिङले पहिरो पन्छाएर साना सवारी साधन दुईतर्फी र ठूला सवारी साधन एकतर्फी चलिरहेको जानकारी दिएको छ ।

ठूलो डाँडो नै खसेकाले सवारी साधन केही घण्टा जाममा परेका थिए । अहिले बाटो खुलाइए पनि सवारी साधनहरू चापमा चलिरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चार दिन प्रि-बजेट छलफल हुने