नेभिगेशन
मनोरञ्जन

पुष्पा २ स्टार अल्लु अर्जुनलाई १४ दिन न्यायीक हिरासतमा राखिने

काठमाडौं- तेलुगु सुपरस्टार अल्लु अर्जुनलाई १४ दिन न्यायीक हिरासतमा राखिने भएको छ । 

भारतीय समाचार संस्था एबीपी न्यूजका अनुसार उनलाई अनुसन्धानका लागि १४ दिन हिरासतमा राखिने भएको हो । 

डिसेम्बर ४ मा हैदराबादको एक हलमा फिल्म ‘पुष्पा २’ को प्रदर्शनको क्रममा चलेको भागदौडको घटनासँग सम्बन्धित रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

इण्डियन एक्सप्रेसले यसबारे समाचार लेखेको छ । उक्त भागदौडमा ३९ वर्षीया एक महिलाको मृत्यु भएको थियो भने उनका छोरा गम्भीर घाइते छन् । प्रहरीले सन्ध्या थिएटरको व्यवस्थापन, कलाकार र उनको सुरक्षा टोलीविरुद्ध मुद्दा दायर गरेको थियो । अधिकारीहरूले उक्त हलमा प्रिमियर समारोह हुँदैछ भनेर पूर्वसूचना समेत नदिइएको बताइएको छ ।

अल्लुलाई चिक्कडपल्ली प्रहरी थानाको टोलीले शुक्रबार हिरासतमा लिएको थियो, जहाँ मुद्दा दर्ता गरिएको थियो ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप मनोरञ्जन