Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्नातक तह चौथो वर्षमा दुई विषय अनुत्तीर्ण विद्यार्थीलाई मौका परीक्षा दिन आवेदन माग

बिहीबार, मंसिर २०, २०८१

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयले स्नातक तह चौथो वर्षमा दुई विषय अनुत्तीर्ण विद्यार्थीलाई मौका परीक्षा दिन आवेदन माग गरेको छ ।  

त्रिविको परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज एक सूचना जारी गर्दै स्नातक तहमा पहिलो दोस्रो तेस्रो वर्ष सबै विषय पास भएको तर नियमित चौथो वर्षमा २ विषयसम्म अनुत्तीर्ण भएका विद्यार्थीहरूको लागि मौका परीक्षा दिन आवेदन माग गरेको हो ।स्नातक तह चौथो वर्षको नतिजामा दुई वटा विषयमा अनुत्तीर्ण विद्यार्थीहरूले पूरक परीक्षाको लागि मंसिर २६ गतेसम्म परीक्षा फारम भर्न सक्ने छन्।

samridhi jewllers

हेर्नुहोस् सूचना :

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  ०९:४४
प्रतिक्रिया दिनुहोस्