Nic Ad Nic Ad
Nic Ad Nic Ad

घरको फोहोर सडकमा थुपार्दा कुलेश्वरका कुवेरलाई १० हजार जरिवाना

मंगलबार, मंसिर ११, २०८१

काठमाडौं- काठमाडौं महानगरपालिकाले घरको फोहोर सडकमा थुपार्ने एकजना व्यक्तिलाई १० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

samridhi jewllers

घरको फोहोर सडकमा फोहोर फ्याँकेपछि काठमाडौं महानगरपालिका–१४ स्थित कुलेश्वर निवासी कुवेर थापालाई महानगरनले १० हजार जरिवाना गराइएको हो।

महानगरले सोमबार मात्रै सडकमा पानी हालेर हिलो बनाएको भन्दै वडा नम्बर ४ स्थित मानश्री मार्ग निवासी स्वेता शाहलाई पनि २५ हजार रुपैयाँ जरिवाना तिराएको थियो ।

महानगरले सहर सफाइ अभियानलाई तीव्र बनाउँदै जथाभावी फोहोर फ्याँक्ने, मापदण्डविपरीतका संरचना बनाउनेसहितविरुद्ध कारबाही तीव्र पारेको छ।

गत शुक्रबार काठमाडौं महानगरपालिका-१ दरबारमार्गमा फोहोर गरेको भन्दै प्रमुख सत्तारुढ नेकपा एमालेलाईसमेत एक लाख रुपैयाँ जरिवाना तोकिएको थियो । तर उक्त जरिवाना एमालेले तिर्न मानेको छैन । 

 

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १५:०४
प्रतिक्रिया दिनुहोस्