नेभिगेशन
मनोरञ्जन

नाजिर र सृष्टि अभिनीत फिल्म केटी हराएको सूचनाको प्रदर्शन स्थगित 

काठमाडौँ - नाजिर हुसेन र सृष्टि श्रेष्ठ अभिनीत फिल्म ‘मिसिङः केटी हराएको सूचना’ पूर्वनिर्धारित मितिमा प्रदर्शन नहुने भएको छ। 

आउँदो शुक्रबार (कात्तिक ३०) गते रिलिज हुने तयारीमा रहेको फिल्मको प्रदर्शन तत्कालका लागि स्थगित गरिएको हो। 

निर्माण कम्पनी ‘ट्राई-सिटी’ ले शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको छ। 

विज्ञप्तिमा भनिएको छ, ‘जुन प्रकारले पूर्णबहादुरको सारंगीले दर्शकको साथ पाएको छ, यो अवस्थामा नयाँ फिल्म आउँदा सिनेमा घरहरूले नयाँ फिल्मलाई समेत शो बाँडफाँट गर्नुपर्ने अवस्थाको सिर्जना हुने हुँदा दर्शकको साथ प्राप्त फिल्मलाई समेत असर पर्ने सम्भावना रहने भएकाले इतिहास कायम गर्ने बाटोमा रहेको फिल्मलाई सहज बनाइदिनु हाम्रो दायित्व हो।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप मनोरञ्जन