नेभिगेशन
समाज विविध

छिन्नमस्ता र कंकालिनीमा दर्शनार्थीको भीड

सप्तरी - नवरात्र  सुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा रहेका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । नवरात्रको छैटौँ दिन आज बिहानैदेखि छिन्नमस्ता र कंकालिनी मन्दिरमा भक्तजनको भीड लागेको छ । 

नवरात्रमा यी शक्तिपीठमा हजारौँ भक्तजन आउने गरेका स्थानीय बद्री पैकराले बताए । भारतबाट पनि  धेरै भक्तजन पूजा गर्न आउने गरेका छन् । घटस्थापनाका दिनदेखि नै यी शक्तिपीठमा देवीका उपसक र भक्तहरू भजन तथा देवी स्तुतिका साथ पूजार्चना गरिरेका छन् ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध