नेभिगेशन
समाज विविध

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद् बैठक जारी रहेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहेको हो । 

बैठक साँझ ५ बजे बोलाइएको भएपनि ढिलो गरी सुरु भएको छ । नियमित मन्त्रिपरिषद् बैठक भएकाले सरकारले गर्नुपर्ने कामहरूबारे निर्णय हुने एक मन्त्रीले बताए ।  

मन्त्रिपरिषद् बैठक प्रायः सिंहदरबारमै राख्ने गरेका प्रधानमन्त्रीले सोमबारको बैठक बालुवाटारमा राखेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध