Nic Ad Nic Ad
Nic Ad Nic Ad

पहिरोमा फँसेका विदेशी नागरिकलाई उद्धार गर्न जाँदा अस्ताए नेपाली सेनाका कर्णल केसी

आइतबार, असोज १३, २०८१

काठमाडौं– पहिरोमा पुरिएर सिन्धुपाल्चोकमा प्रमुख सेनानी (कर्णल) मिलन केसीको ज्यान गएको छ। 

samridhi jewllers

विदेशी नागरिकलाई उद्धारका लागि जाँदा नेपाली सेनाका कर्णल केसी अस्ताउन पुगे। 

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार सुनकोशी गाउँपालिका–४ चियानेमा रहेको सिन्धु बीच रिसोर्टमा पहिरो गएपछि उद्धार गर्दै गर्दा पुरिएर केसीको मृत्यु भएको हो।

उनी सुरक्षित स्थानमा पुगे पनि रिसोर्टमा रहेका कोरियन नागरिकलाई बचाउनका लागि फर्किएका थिए। तर, रिसोर्टबाट भने जिउँदै फर्किन सकेनन्।  

सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत दोलखा भीमेश्वर नगरपालिकाका केसीसहित दुई कोरियन नागरिक शुक्रबार बेलुका रिसोर्ट पुगेका थिए। 

सानो पहिरो आएपछि सुरक्षित स्थानमा पुगेका कर्णल केसी कोरियन नागरिक नउठेपछि उठाउन जाँदा ठूलो पहिरो खस्दा पुरिए। 
 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्