नेभिगेशन
राजनीति

एमाले उपाध्यक्ष बरालसहित मनोनीत केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौँ- नेकपा एमालेका मनोनीत पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।

पार्टी मुख्यालय च्यासलमा आयोजित समारोहमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

साउन १७ गते बसेको एमाले सचिवालय बैठकले एक उपाध्यक्ष, दुईजना स्थायी कमिटी सदस्य तथा १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । उपाध्यक्षमा गुरु बराल मनोनीत भएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति