नेभिगेशन
मनोरञ्जन

बक्सअफिस अपडेट: दयाहाङको ‘घरज्वाइँ’ हिट

काठमाडौं- गत असार २८ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘घरज्वाइँ’ले नेपाली बक्स अफिसमा २ हप्तामा ४ करोड ६३ लाख कमाएको छ । फिल्मका निर्माताले प्रदर्शनको दुई दिनमा नै १ करोड ५१ लाख कमाएको दावी गरेका थिए भने नेपालबाटै लगानी उठेको निर्माताको दावी छ ।

मिडिया रिपोर्टका अनुसार यो फिल्मको बजेट २ करोड हाराहारी रहेको छ । बक्सअफिसमा १ करोड कमाउँदा निर्मातालाई ४८ देखि ५० लाखसम्म शेयर आउँछ । यसरी हेर्दा निर्माताले घरेलु बजारबाटै लगानी उठाएको देखिन्छ । ‘घरज्वाइँ’ले केही दिन सुखद् व्यापार गरेको थियो । विशेषगरी आदिवासी जनजाति समुदायहरुले फिल्मलाई काँध थापेको देखिन्थ्यो ।

मगर समुदायको कथामा आधारित भएर फिल्म बनेकाले पनि यो समुदाय आकर्षित हुनु स्वभाविक हो । ‘घरज्वाइँ’मा अनिल बुढा मगरले निर्देशन र जनक घर्ती मगरको निर्माण छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

अभिनेता मुकुल देवको निधन