नेभिगेशन
राजनीति

राप्रपाले आज मैतीदेवीबाट पशुपतिनाथ मन्दिरसम्म धार्मिक पदयात्रा गर्ने

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आज मैतीदेवीबाट पशुपतिनाथ मन्दिरसम्म धार्मिक पदयात्रा गर्ने भएको छ। 

साउन महिनाको पहिलो सोमबार दिउँसो सवा १२ बजेबाट मैतीदेवी मन्दिर पुरानो बानेश्वर-बत्तीसपुतली-गौशाला हुँदै पशुपतिनाथ मन्दिरसम्म पदयात्रा गर्न लागिएको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए।


उनका अनुसार नेपाल सनातन धर्म संस्कृति संगठनको आयोजनामा हिन्दु राष्ट्र पुनः स्थापनाका लागि जनदबाब सिर्जना गर्न, हिन्दुत्वको प्रवर्द्धन गर्न, आपसी एकता, सद्भाव र मेलमिलापको भावना विकास गर्न धार्मिक पदयात्रा गरिएको हो। 

पदयात्रामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेताहरू, धार्मिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, धार्मिक संघसंस्थाहरुको सहभागिता रहने उनको भनाई छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति