Nic Ad Nic Ad
Nic Ad Nic Ad

हावाहुरीले कैलाली, कञ्चनपुरमा पोल ढल्दा केही ठाउँमा विद्युत् अवरुद्ध

शुक्रबार, असार ७, २०८१

 काठमाडाैं -कैलाली र कञ्चनपुरमा बुधबार साँझ चलेको हावाहुरीले पोल ढलेपछि केही स्थानमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

नेपाल विद्युत् प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिका, गौरीगंगा नगरपालिका लगायतका केही स्थानमा विद्युत सेवा अवरुद्ध भएको छ ।

प्रादेशिक कार्यालयका प्रमुख जंगबहादुर चन्दले धनगढी उपमहानगरपालिका वडा नं १८, १९ को फूलबारी, वडा नम्बर १२ को जुगेडा र बजार क्षेत्रका केही स्थानमा विद्युत् सेवा अवरुद्ध भएको बताए ।

उनका अनुसार धनगढी वितरण केन्द्र अन्तर्गतको गौरीगंगा नगरपालिकाको मसुरिया, कैलारी गाउँपालिकाको हसुलिया क्षेत्रमा पनि विद्युत् सेवा अवरुद्ध भएको छ ।

 
 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  ११:०३
प्रतिक्रिया दिनुहोस्