मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौँ - आज अपराह्न चार बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा चार बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको एक मन्त्रीले जानकारी दिए ।
उनका अनुसार आजको बैठकले रिक्त ११ देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने तयारी छ । बिहीबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछानेले राजदूत भागबन्डा टुग्यएका थिए ।
प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१ १०:४७
प्रतिक्रिया दिनुहोस्