नेभिगेशन
विश्व

रुसी सैन्य विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

काठमाडौं– उत्तरी ओसेटियाको ककेशस क्षेत्रमा प्रशिक्षण उडानको क्रममा एक रूसी सैन्य जेट दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ ।

सुखोई–३४ जेट ‘पहाडी क्षेत्रमा’ दुर्घटनाग्रस्त भएको एक विज्ञप्तिमा लेखिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट प्राविधिक समस्याका कारण दुर्घटना भएको आकलन गरिएको छ भने दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान सुरु गरेको बताइएको छ ।

पूर्व सोभियत जर्जियाको सिमानामा रहेको उत्तर ओसेटिया युक्रेनको फ्रन्ट लाइनबाट करिब ८०० किलोमिटर टाढा छ ।

जुन–८ मा क्षेत्रीय अधिकारीहरूले युक्रेनले मोजडोक सहर नजिकैको सैन्य हवाई क्षेत्रलाई ड्रोनले लक्षित गरेको, तर ती मध्ये तीनलाई गोली हानेर खसालेको बताए ।

फेब्रुअरी २०२२  मा युक्रेन विरुद्ध रूसले सुरु गरेको विशेष सैन्य कारबाहीपछि उत्तरी ओसेटियामा भएको यो पहिलो आक्रमण हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व