Nic Ad Nic Ad
Nic Ad Nic Ad

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु, तीनजनाको उद्धार

बिहीबार, जेठ १०, २०८१

मङ्गलबारे (इलाम) - पौडी खेल्ने क्रममा डुबेर इलामको माई नगरपालिकाका दुई बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा माई-८का  ११ वर्षीय मिङसुहाङ लिम्बू र सोही स्थानका आठ वर्षीय  किस्मत  आङदाम्बेको रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रभुप्रसाद ढकालले जानकारी दिए । 

उनका अनुसार अन्य तीन जनाको उद्धार गरिएको छ । लिम्बूलाई अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

 

 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  २२:१३
प्रतिक्रिया दिनुहोस्