Nic Ad Nic Ad
Nic Ad Nic Ad

महिलामन्त्री चौधरीसँग काठमाडौंमा २ करोडको घडेरी, १ करोड ऋण

मंगलबार, जेठ ८, २०८१

काठमाडाैं -महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याणमन्त्री भगवती चौधरीसँग सुनसरीमा आफ्नै नाममा १ आना १ पैसा जमिन छ भने काठमाडौंमा २ करोड ६७ लाख पर्ने १२ आना १ पैसा ३ दामको घडेरी रहेको विवरण सार्वजनिक भएको छ ।

सरकारलाई मन्त्री चौधरीले बुझाएको विवरणअनुसार सुनसरीमा उनीसँग थप साढे ४ रोपनी जति जमिन आफ्नै नाममा रहेको छ । दाङको १५ आना जमिन भने उनले अंशबण्डाको रूपमा प्राप्त गरेको विवरणमा उल्लेख गरेकी छन् ।

मन्त्री चौधरीको एभरेष्ट, राष्ट्रिय वाणिज्य र नविल बैंकमा १७ लाख भन्दा बढी नगद रहेको छ भने फरवार्ड माइक्रोफाइनान्समा २ लाख ४२ हजार १०५ कित्ता र अन्य विभिन्न कम्पनीहरूमा डेढ लाख कित्ता शेयर रहेको छ ।

त्यस्तै उनले विभिन्न बैंकहरुमा १ करोड ऋण तिर्न बाँकी रहेको विवरणमा उल्लेख गरेकी छन् । साथै उनीसँग सवारी साधनको रूपमा एउटा मोटरसाइकल रहेको छ भने ८५ तोला सुन र २५ केजी चाँदी रहेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १८:२५
प्रतिक्रिया दिनुहोस्