Nic Ad Nic Ad
Nic Ad Nic Ad

एसएसपी भट्टराईको नेतृत्वमा मिडिया हाउसमा हतियारसहितका प्रहरी, सिरोहियालाई पक्राउ गरिँदै

मंगलबार, जेठ ८, २०८१

काठमाडौं– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक सानुराम भट्टराईको नेतृत्वमा हतियारसहितका प्रहरी मिडिया हाउसमा छिरेका छन्। 

कान्तिपुरको कार्यालय थापाथलीमा सिरोहियालाई पक्राउ गर्नका लागि सादा पोशाक र हतियारसहितका प्रहरी छिरेको हो। सिरोहियामाथि नागरिकताका विषयमा उजुरी परेको भन्दै पक्राउ पुर्जी जारी गरिएको थियो। 

खासगरी यो पक्राउ प्रकरणलाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निजी विषय र स्वेच्छाचारी चरित्र भएको बताइन्छ। कान्तिपुरको कार्यालयमा बरिष्ठ पत्रकारहरु, नेपाल पत्रकार महासंघका पदाधिकारीसहित मिडिया सोसाइटीका पदाधिकारी पुगेका छन्। 
 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १८:१४
प्रतिक्रिया दिनुहोस्