Nic Ad Nic Ad
Nic Ad Nic Ad

सर्वोच्चबाट आदेश नआउन्जेल विश्वासको मत लिन नमिल्ने भन्दै सभामुखलाई उपेन्द्रको पत्र

आइतबार, जेठ ६, २०८१

काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतबाट आदेश नआउन्जेल पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिन नमिल्ने भन्दै पत्र उठाएका छन् । 

आफ्नो दलबाट पार्टी फुटाएको भनिएका ७ सांसदलाई प्रधानमन्त्री ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यक्रममा सहभागी नगराउन आग्रह उनले गरेका हुन् । 


आइतबार सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै यादवले जनता समाजवादी दलबाट संघीय संसद् सदस्यमा प्रतिनिधित्व गर्ने ७ जना सांसदहरु अशोक कुमार राई, नवल किशोर साह सुडी, रञ्जुकुमारी झा, वीरेन्द्र प्रसाद महतो, प्रदीप यादव, हसिना खान र सुशीला श्रेष्ठले हाल प्रचलनमा नरहेको राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३३ को २ र उक्त ऐनको दफा ३३ को २ अनुसार तर्जुमा गरिएको राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ को व्यवस्था अनुसार छुट्टै दल जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गरेको बताएका हुन् । 

सो दल दर्ता कानुन विपरीत रहेको र त्यसमाथि सर्वोच्च अदालतमा दायर मुद्दामा सर्वोच्चले ‘निर्वाचन आयोगले गत वैशाख २४ गतेको बैठकबाट भएका निर्णयहरू र सोका आधारमा भएका कामकारबाहीलाई जहाँ जे जस्तो अवस्थामा छन् सोही अवस्थामा यथास्थितिमा राख्न’ आदेश जारी भएको उल्लेख गरेका छन् । 

 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  २२:२०
प्रतिक्रिया दिनुहोस्