उपेन्द्र यादवले पत्रकार सम्मेलन गरेर भने– प्रधानमन्त्रीलाई पनि भ्रममा राखेर पार्टी फुटाइएछ

बुधबार, वैशाख २६, २०८१

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत भ्रममा राखेर पार्टी फुटाइएको आरोप लगाएका छन्। 

काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरेका उनले पार्टी विभाजन असंवैधानिक भएको जिकिर गरे। अबको परिस्थिति कसरी विकास हुँदै जान्छ त्यसमा आगामी अवस्था निर्भर हुने बताएका उनले सरकारको समर्थन कायम रहेको पनि बताए। 

अहिले राजनीतिक दलसम्बन्धी विधयेक नै निस्क्रिय रहेको अवस्थामा दल विभाजन हुन नसक्ने दाबी गर्दै यादवले यसविरुद्ध सर्वोच्च अदालत जाने बताए।

अमेरिकाको एउटा सेमिनारमा भाग लिन गएका बेला यादवको अनुपस्थितिमा अशोक राईसहितका सांसदले दल विभाजन गरेका थिए। जसलाई निर्वाचन आयोगले मान्यता दिइसकेको छ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १३:१०
प्रतिक्रिया दिनुहोस्