सामाजिक सञ्जालबाट फैलाइएको भ्रम

बालेनको फेक आइडीले चलायो बहस, पत्रकारको प्रश्नमा अध्यक्ष ओलीका खस्रा उत्तर

सोमबार, वैशाख २४, २०८१

काठमाडौं– तपाईले देख्नुभएको होला काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह विभिन्न पोशाकहरुमा एकै पटक फेसबुकका विभिन्न लाइभमा बसेका हुन्छन्। 

त्यस्तै बालेन साहका विभिन्न फेसबुक पेजहरुमा विभिन्न पोस्टमात्र आएको हुँदैन, समाचारहरुमा पनि उनको आइडीबाट कमेन्ट आइरहेका हुन्छन्। 
त्यस्तै भर्खरै सेतोपाटीको एमाले अध्यक्ष ओलीले बोलेको भनी ‘सुकुम्बासीलाई तर्साउने काम नगरौं’ भनेको समाचारमा बालेन साहको नामबाट कमेन्ट आयो। 

यहाँ हेर्नुहोस् सेतोपाटीको समाचार र कमेन्ट

441322986_2362460490618241_4313120552960535873_n-1714991834.jpg

यहि विषयमा लिएर हिमालय टेलिभिजनमा पत्रकार राजेन्द्र बानियाँको अन्तरवार्तामा केपी ओलीसँग कुरा हुन्छ। 

तर त्यो साँच्चै बालेन साहले लेखेको हो कि होइन भनेर कसैले पनि ख्याल गरेन। तपाईले ख्याल गर्नुभएको छ? त्यो लेख्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन साह होइनन्। उनको नाममा चलाइएको फेक आइडी हो। 

फेक आईडीको तर्कमा नै फ्याक्ट चेक नगरी राष्ट्रिय टेलिभिजनमा सत्तारुढ दलका शक्तिशाली नेतासँग चर्चा र परिचर्चा हुन्छ। अनि, ओली खस्रा तर्क गर्न ब्यस्त हुन्छन्। 

सामाजिक सञ्जालमा लोकप्रिय रहेका बालेन साह कामका कारणले नै लोकप्रिय छन्। उनले हत्तपत्त राजनीतिक प्रतिक्रिया दिने गरेका छैनन्। महानगरवासीसहितलाई लाभ हुने योजना र कार्यान्वयनमा उनको ब्यस्तता रहँदै आएको छ। 

सामाजिक सञ्जालमा उनी चर्चित रहेका कारण नै विभिन्न ग्रुप र पेजहरु बनाइएका छन्। अनि, फेक आइडी त कति हो कति बनाइएको छ। 
एउटा प्रतिष्ठित सञ्चारमाध्यमले फ्याक्ट चेक नै नगरी सोही विषयमा बहस चलाउनुले हाम्रा पत्रकार र समाचारहरु कति रिसर्चबेस हुन्छन् भन्ने सामान्य उदाहरण दिन्छ नै। 

अर्कातिर एउटा शक्तिशाली पार्टीका अध्यक्ष ओलीले रिसर्च टिम राखेका छन् कि छैनन्? प्रश्न आउनासाथ त्यसको उत्तर दिनु स्वभाविक होला तर यो विषयमा बालेनले के भनेका छन् भन्ने सामान्य हेक्का पनि राख्नु पर्दैन र? त्यहाँमाथि खस्रा उत्तर दिने शैली कहिले रोकिएला?

बेलामौका सामाजिक सञ्जालमा राष्ट्रिय राजनीतिबारे लेखे पनि बालेनको ओर्जिनल पोस्टमा जहिल्यै पनि काठमाडौं महानगरवासीका लागि लाभान्वित हुने कार्यक्रमका बारेमा जानकारी आउने गरेको छ। 

समाचारदेखि टिप्पणी गर्दासम्म उनको आइडी फेक हो या होइन भन्नेचाहिँ चेक गरियो भने राम्रोसँग बुझ्न सकिन्छ। बालेनको फेक आइडी दुरुपयोग गरी कतिपयले त गेमिङ लाइभ चलाउँदै पनि आइरहेका छन्। के ति सबै बालेन साह आफैं हुन् त? यसमा तथ्य केलाउन आवश्यक देखिन्छ। 
 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १६:२४
प्रतिक्रिया दिनुहोस्