नीति शाहका वास्तविक प्रेमी को हुन्?

सोमबार, वैशाख २४, २०८१

काठमाडौं– नीति शाह यतिबेला चर्चामा छिन्। आउन लागेको फिल्म खजुरे ब्रोकी अभिनेत्री नीति व्यस्त पनि छिन्। अधिक सुन्दर देखिने उनको चर्चाको कारण यति मात्र छैन। 

उनको प्रेम जीवनका कारण पनि चर्चा चुलिएको हो। फिल्म प्रमोशनका क्रममा नीतिको प्रेम र जीवनबारे प्रश्न आउने गर्छन्। आखिर नीति शाहका प्रेमी को हुन्? अनि, नीति कसरी फिल्म क्षेत्रमा आइन्। 

नीतिले भर्खरै फिल्मको करिअर सुरु गरेकाले हालसालै विवाह गर्ने योजना नरहेको बताएकी छन्। उनी प्रेममा नै रमाउन चहान्छिन्।

Niti-Shah-and-Yanchit-Rana-(1)-1714988113.jpg

प्रेमी र प्रेम सम्बन्धबारे सोधिएको अर्को प्रश्नमा नीतिले आफूले सकेसम्म व्यावसायिक र व्यक्तिगत जीवनलाई छुट्याउन खोजेको बताएकी छन्। 

बास्तविक जीवनमा नीतिका प्रेमी एक इन्जिनियर हुन्। एरोस्पेस इन्जिनियर याञ्चित राणा झण्डै दुई वर्षभन्दा बढी समयदेखि प्रेम सम्बन्धमा छन्। याञ्चितले नीतिसँगका रोमान्टिक तस्वीर पनि सेयर गर्दै आइरहेका छन्।

नीति सुन्दरी प्रतियोगितामार्फत मिडिया हुँदै फिल्म क्षेत्रमा आएकी हुन्। उनले मिस नेपालमा पनि सहभागीता जनाएकी थिइन्। कतिपय समयमा नेपाली महिलाका विषयमा खासै जानकारी नराखेका कारण नीति विवादमा समेत आउने गरेकी थिइन्।
 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १५:२०
प्रतिक्रिया दिनुहोस्