नेभिगेशन
मनोरञ्जन

‘लिटल मिस्टर एण्ड मिस टिन युर्निभर्स पथरी सिजन १’ का सम्पूर्ण अडिसन सम्पन्न, प्रतियोगीहरू प्रशिक्षणमा

पथरी- क्लियोपेट्रा इभेन्टको आयोजनामा सञ्चालित ‘लिटल मिस्टर एण्ड मिस टिन युर्निभर्स पथरी सिजन १’ का सम्पूर्ण अडिसन राउण्डहरू सम्पन्न भएका छन् । अडिसन प्रक्रिया सकिएसँगै प्रतियोगीहरू हाल प्रशिक्षण कक्षामा प्रवेश गरिसकेका छन् ।

प्रतियोगितामा पथरी शनिश्चरे नगरभित्रका १४ वटा सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका छन्। उनीहरूलाई हाल र्याम्प वाक, क्याटवाक, क्षमता विकास, स्विमिङ लगायतका विषयमा प्रशिक्षण दिइँदैछ ।

इभेन्ट डिरेक्टर पासाङ तामाङका अनुसार प्रतियोगीहरूलाई गीत–सङ्गीत, नृत्य, वकृत्वकला, चित्रकला लगायत विभिन्न विधामा समेत प्रशिक्षण दिने तयारी भइरहेको छ। आउँदो आइतबारदेखि विधागत ट्यालेन्टलाई समेटेर क्षमता विकास कक्षा सुरु गरिने र त्यसपछि ट्यालेन्ट राउण्ड सम्पन्न गरी उपयुक्त समयमा फाइनलको तयारी गरिने जानकारी दिइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

अभिनेता मुकुल देवको निधन