नेभिगेशन
मनोरञ्जन

आजदेखि हुने भनिएको चलचित्र ‘महाभोज’को प्रदर्शन स्थगित

काठमाडौँ- गणतन्त्र दिवसको अवसर पारेर आजदेखि हुने भनिएको चलचित्र ‘महाभोज’को प्रदर्शन स्थगित गरिएको छ ।

देशको विषम परिस्थितिका कारण तत्काललाई प्रदर्शन रोकिएको निर्देशक दिनेश राउतले जानकारी दिए ।

“पछिल्लो समय देशभर फैलिएका विभिन्न आन्दोलन तथा विषम परिस्थितिका कारण आम जनजीवन प्रभावित भइरहेको अवस्थालाई दृष्टिगत गर्दै नेपाल तथा नेपाल बाहिरका सबै देशमा हाललाई प्रदर्शन स्थगित गरेका छौँ । हामीले उपयुक्त समयमा प्रदर्शन गर्ने तयारी गरेका छौँ”, निर्देशक राउतले भने ।

सहकारी संस्थाको रकम अपचलन भएको विषयमा तयार गरिएको चलचित्र ‘महाभोज’मा अभिनेता दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौलालगायतका कलाकारले अभिनय गरेका छन्।

सहकारीको नाममा ठगिएका सर्वसाधारणको पीडा, राजनीतिक पहुँचको आडमा गरिएको दुरुपयोग र सामाजिक असमानताको कुरालाई सशक्तरूपमा उठाइएको चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन्। उक्त चलचित्रलाई ‘क्लकवर्क क्रियशन’ र ‘पिक्चर फ्रेम’ले संयुक्त रूपमा निर्माण गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

अभिनेता मुकुल देवको निधन