Nic Ad Nic Ad
Nic Ad Nic Ad

सोलुखुम्बुमा इन्डोनेसियन नागरिकको मृत्यु

सोमबार, वैशाख १७, २०८१

सल्लेरी– सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका– ४ सनासा स्थितमा एक जना बिदेशी नागरीकको मृत्यु भएको छ। 

samridhi jewllers

राहदानी नम्बर X2744600 भएकी ३६ वर्षिया मेरिस्टारिता सिनागा नाम गरेकी ईन्डोनेसियन महिला सगरमाथा बेस क्याम्प जाने क्रममा गत १५ गते होटलमा आई बसेकोमा १६ गते गते बिहान होटलमा अचेत अवस्थामा फेला परेकी थिईन्। 

घटनाबारेमा जानकारी पाउनसाथ तत्काल खटिएको प्रहरी टोलीले उनलाई उपचारको लागी होमगिल सामुदायिक अस्पताल नाम्चे लगेकोमा उपचारको क्रममा हिजो दिउँसो मृत्यु भएको थियो।

घटनाबारेमा थप अनुसन्धान तथा कानूनी प्रक्रिया भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १२:३७
प्रतिक्रिया दिनुहोस्