Nic Ad Nic Ad
Nic Ad Nic Ad

आततायी छिमेकीः रिसिईवी साँध्न तीन बर्षिया छोरीको निर्मम हत्या 

सोमबार, वैशाख १७, २०८१

लहान– सिरहामा छिमेकीसँगको रिसिईवी साँध्न तीन बर्षिया बालिकाको हत्या गरेको पुष्टि भएको छ। यसै आधारमा हत्या अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। 

छिमेकीको तीन वर्षीया छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। 

पक्राउ गरिएकामा सिराहा नगरपालिका–१८ जरूवा लक्ष्मीनिया टोल बस्ने ४७ वर्षीया सोना देवी यादव र उनकी छोरी पूजाकुमारी यादव रहेका छन्। 
सोनावतीका श्रीमान् धनिकलाल यादव भने फरार छन् ।

गत वैशाख १२ गते बिहान १० बजेतिर घर अगाडि खेलिरहेकी रमेशकी छोरी रिया हराएकी थिइन्। खोजतलासको क्रममा गत वैशाख १४ गते राति साढे ११ बजे छिमेकी धनिकलाल यादवको घरको छतमा जाने भर्याङ नजिकै बालिकाको शव फेला परेको थियो।

मसुराको झ्याङ्टाभित्र कालो रंगको प्लाष्टिकको बोराभित्र बालिकाको शव फेला परेपछि प्रहरीले अनुसन्धानमा गहिरो अभ्यास गरेको थियो। 

अनुसन्धानको क्रममा परिवारसँगको रिसिइबी साँध्न धनिकलालको परिवारले रमेशको छोरीको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो। 

उनका अनुसार करिब एक वर्षदेखि छिमेकी रमेश र धनिकलालको परिवारबीच झैझगडा हुने गरेको थियो। त्यही रिसिइबीका कारण धनिकलालको परिवारले घर अगाडि खेलिरहेकी बालिकालाई बिस्कुट दिई आफ्नो घरभित्र लगेर हत्या गरेको पाइएको हो।

यता, फूपूकी छोरीको हत्या गर्नेलाई प्रहरीले नौ बर्षपछि पक्राउ गरेको छ। 

सुनमाया किसान (सार्की) हत्याका अभियुक्त समरबहादुर सार्कीलाई नौ बर्षपछि पक्राउ गरिएको हो। 

काठमाडौंको साविक सेतीदेवी गाविस तौथलीस्थित कृष्ठरोग आरोग्य आश्रममा सुनमायाको हत्या गरी शौचालयमा शव फ्याँकिएको थियो। 

सुनमायाकै माामाका छोरा ४७ वर्षीय सार्कीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चाल्नाखेल क्षेत्रबाट आइतबार पक्राउ गरेको थियो। 
म्याग्दीको साविक कुहु गाविसका ५ का समरबहादुर फुपुकी छोरीको हत्या गरी भारत पुगेका थिए । 

पछिल्लो समय भारतको पन्जाबमा बस्दै आएका उनी नेपाल आएको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ। 

सुनमाया जेटिए थिइन्। उनी कीर्तिपुरस्थित कृषि कार्यालयमा काम गर्थिन्। समरबहादुर बुवा गंगाबहादुर तथा सुनमायाकी मामा कुष्ट रोग लागेका कारण कृष्ठरोग आरोग्य आश्रममा बस्दै आएका थिए।

ढुंगे अड्डामा ज्यामी काम गर्ने समरबहादुर घटना हुने अघिल्लो दिन बुवा भेट्न भनेर आरोग्य आश्रममा पुगेका थिए। सोही बेला सुनमाया पनि मामालाई भेट्न भनेर पुगेकी थिइन्।

त्यतिबेला गंगाबहादुर बाहिर गएकाले उनीहरु दुई जना मात्रै कोठामा थिए। आरोग्य आश्रममा राति सुत्ने क्रममा विभिन्न केटाहरुसँग फोनमा बोलेको भन्दै सुनमाया र समरबीच विवाद भएको सोही क्रममा समरले हत्या गरेको खुलेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलाएको छ। 
 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्