Nic Ad Nic Ad
Nic Ad Nic Ad

इलाम–२ अपडेटः कांग्रेसका खड्का र सुहाङले एक हजार कटाउँदा घन्टी १५५ मा सीमित

आइतबार, वैशाख १६, २०८१

झापा– इलाम–२ मा भएको उप निर्वाचनको मत गणनाको प्रारम्भिक नतिजा आउन थालेको छ। 

samridhi jewllers

प्रतिनिधि सभातर्फको उप निर्वाचनको प्रारम्भिक नतिजामा नेपाली कांग्रेसका डम्बर खड्का र एमालेका सुहाङ नेम्वाङले एक हजार मत कटाउँदा पहिचानवादीका उम्मेदवार डकेन्द्रसिंह थेगिम र रास्वापाका मिलन लिम्बुले २ सय मत पनि पाएका छैनन्। 

पछिल्लो परिणामअनुसार कांग्रेसका डम्बरबहादुर खड्काले ११४५ एमालेका सुहाङ नेम्वाङले १०६३ मत ल्याएका छन्। 

यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १८८ र रास्वपाका उम्मेदवार मिलन लिम्बूले ११५ मत ल्याएका छन्।  
 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १५:२१
प्रतिक्रिया दिनुहोस्