बलिउड

दीपिका पादुकोण बनिन् लेडी सिंघम, हेर्नुहोस् नयाँ लुक्स

मंगलबार, वैशाख ११, २०८१

काठमाडौं– सिंघमको सिक्वेल बनाएर चर्चामा आएका बलिउड निर्देशक रोहित सेट्ठीले ‘पुलिस–ब्रह्माण्ड’को आगामी फिल्म ‘सिंघम अगेन’मा अभिनेत्री दीपिका पादुकोणको पुलिसको लुक्स सार्वजनिक गरेका छन्। 

दीपिकालाई कप–युनिभर्सकी ‘लेडी सिंघम’को अवतारमा देख्न सकिनेछ। दीपिकाको एक्शन लुक्स सार्वजनिक गर्दै सेट्ठीले ‘मेरो हिरो’ भनी उल्लेख गरेका छन्।

फोटोको महत्वपूर्ण पक्ष के हो भने ‘सिंघम’को हुक–स्टेपलाई पुनर्सिर्जना गरिएको छ। दीपिकाको फोटो सेयर गर्दै निर्देशक सेट्ठी लेख्छन्, ‘मेरो हिरो रिलमा पनि र वास्तविकतामा पनि। लेडी सिंघम।’

यो फिल्मलाई महिला प्रधान ‘कप–भर्स’ हुने भनिएको छ। भारतीय फिल्ममा पछिल्लो समय कप युनिभर्सको शैलीमा फिल्म निर्माणको ट्रेन्डको सुरुवात भएको छ, त्यो शैलीलाई पछ्याउँदै रोहितले कप–युनिभर्स निर्माण गर्न लागेका हुन्।

‘सिंघम अगेन’मा अजय देवगण, करिना कपुर, अर्जुन कपुर, अक्षय कुमार, टाइगर श्राफ र रणवीर सिंह पनि देखिनेछन्।

यसअघि निर्देशक सेट्ठीले दीपिकासँग चेन्नई एक्सप्रेसमा काम गरेका थिए। जुन ब्लक बस्टर साबित भएको थियो। उक्त फिल्ममा बलिउड किङ साहरुख खान हिरोका रुपमा अभिनयमा थिए।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १०:२९
प्रतिक्रिया दिनुहोस्